काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ ।
ज्यान गुमाउनेमा उहाँका अनुसार ५९ सर्वसाधारण, १० कैदीबन्दी र ३ प्रहरी गरी ७२ जना रहेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै १ सय ३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १ सय ९१ जना घाइतेको उपचार भइरहेको छ ।
घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने पनि मुख्य सचिव अर्यालले बताउनुभयो । filephoto