२०८२ आश्विन ३, शुक्रबार

मनसुन अझै केही दिन सक्रिय रहने

  • धादिङ आवाज
  • २०८२ आश्विन ३, शुक्रबार
मनसुन अझै केही दिन सक्रिय रहने

काठमाण्डौ । अझै केही दिन मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साउनको दोस्रो हप्तापछि मनसुन थप सक्रिय बनेकाले अहिलेसम्म सरदरको ९० प्रतिशत नजिक पानी परेको छ ।

सामान्यतया मनसुन सक्रिय हुँदा १ हजार ५०० देखि १ हजार ६०० मिलिमिटर वर्षा मापन गरिन्छ । हिजोसम्मको विवरण अनुसार १ हजार १२२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यो देशभरिका १२६ वटा मापन केन्द्रमा मापन भएको वर्षाको औसत हो ।

यसपालिको मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा धेरै पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेको थियो। तर पूर्वानुमान अनुसार पानी परेन ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यस वर्ष सरदर मितिभन्दा चाँडो भित्रिएकाले चाँडै बाहिरिने अनुमान रहे पनि अहिलेको अवस्था हेर्दा सरदर मितिभन्दा पनि ढिला हुन सक्ने देखिएको मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय रहने भए पनि अबको २ हप्ता मनसुनजन्य विपत्तिको सम्भावना नदेखिएको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस