२०८२ कार्तिक १८, मंगलबार

बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द

  • धादिङ आवाज
  • २०८२ आश्विन ७, मंगलबार
बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द

काठमाण्डौ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडकखण्ड बन्द भएको छ ।

गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाएर बाटो खुलाउने प्रयास भैरहेको छ ।

नारायणगढ–मुग्लिन सडकमा भने नियमित रूपमा गाडी सञ्चालन भैरहेको छ । तुइनखोलामा पहिरो खस्दा शुक्रवारदेखि बन्द सडक अस्ति आइतवारदेखि एकतर्फी खुलाइएको थियो ।

हिजो बेलुकीदेखि भने सडक दुईतर्फी नै सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ । filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस