२०८२ कार्तिक ३, सोमबार

फाईनलमा ‘सिद्धलेक वारियर’ र ‘म्हेन्दोमाया युवा समाज टिम ‘ए’ खेल्ने

  • धादिङ आवाज
  • २०८२ आश्विन ८, बुधबार
फाईनलमा ‘सिद्धलेक वारियर’ र ‘म्हेन्दोमाया युवा समाज टिम ‘ए’ खेल्ने

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरामा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, खुल्ला फुटबल  प्रतियोगिता’ को फाईनलमा ‘सिद्धलेक वारियर’ र ‘आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ भिड्ने भएका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सिद्धलेक वारियरले म्हेन्दोमाया युवा समाज टिम ‘सि’ लाई ३-० गोल अन्तरले हराँउदै फाईनलमा पुगेको हो ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले चक्रदेवी सेवा समाजलाई ५-१ गोल अन्तरले हराँउदै फाईनल प्रवेश गरेको हो ।

प्रतियोगिताको उपाधीका लागि भोलि बिहिबार सिद्धलेक वारियर र म्हेन्दोमाया युवा समाज टिम ‘ए’ खेल्ने छन् । खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।

प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ घण्टा अघि

आज कुकुर तिहार

खोजी गर्नुहोस