
काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गएराति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो ।
मंगलबारदेखि बन्द भएको सडक दुईतर्फी नै सञ्चालनमा आए पनि फेरि ठूलो ढुंगा झरेको कारण अहिले एकतर्फी सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
सडक सञ्चालन भएसँगै रोकिएका सयौँ गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भैरहेकाले लामो जाम भएको छ ।
यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।तस्वीरः जिल्ला प्रहरी कार्यालय चितवन
