२०८२ आश्विन १६, बिहिबार

दशैँ विशेष कार्यक्रम सम्पन्न

  • धादिङ आवाज
  • २०८२ आश्विन १०, शुक्रबार
दशैँ विशेष कार्यक्रम सम्पन्न

धादिङ । सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीस्थित आयाम इङलिस स्कुलमा बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई नेपालीहरुको महान चाडपर्व दशै, तिहारको महत्व र आफ्नो संस्कृतिको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई दशैंमा मान्यजनबाट टिका जमरा र आशिर्वाद ग्रहण गर्नुको महत्त्व लगायतको बारे जानकारी गराइएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा बिद्यार्थी भाइबहिनिहरुले दशै विशेष नृत्यमा आ(आफ्नो कला प्रस्तुत गरेका थिए ।

विद्यालयले हरेक चाडपर्वमा बिभिन्न कार्यक्रमहरु (¥याली, नृत्य तथा सडक नाटक) गरी मनाउदै आएको प्रधानाध्यापक आश बहादुर गुरुङले जानकारी दिनुभयो ।

दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ७ सम्म अध्यापन भईरहेको छ ।

विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।

विद्यालयमा हाल एक सय ८० भन्दा बढि बिद्यार्थी, १५ जना शिक्षक शिक्षिका र अन्य कर्मचारी ३ जना रहेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस