२०८२ आश्विन ३०, बिहिबार

नेपाल प्रहरीमा १ हजार ५ सय ९४ जनाका लागि नयाँ भर्ना आव्हान

  • धादिङ आवाज
  • २०८२ आश्विन १०, शुक्रबार
नेपाल प्रहरीमा १ हजार ५ सय ९४ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ५ सय ९४ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ५ सय ५३ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ४१ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ हजामतर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीतर्फ हजाम र कुचीकार पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।

प्रहरी कार्यालय सहयोगीतर्फ खेलाडी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस