२०८२ आश्विन १६, बिहिबार

निशुल्क वाइफाइ सेवा सुरु

  • धादिङ आवाज
  • २०८२ आश्विन १५, बुधबार
निशुल्क वाइफाइ सेवा सुरु

धादिङ । सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनी चोकमा निशुल्क इन्टरनेट (Free WiFi) सेवा सञ्चालनमा आएको छ।

नलाङ एकता टिम (Nalang Unity Team) को पहलमा बैरेनी चोकमा निशुल्क इन्टरनेट (Free WiFi) सेवा शुरु गरिएको नलाङ एकता टिमका राजु सिम्खडाले जानकारी दिनुभयो ।

सोमबार ‘फ्री वाइफाइ’ सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।

यस सेवाबाट स्थानीय बासिन्दा, विद्यार्थी, व्यापारी तथा आगन्तुकहरुले सहज रूपमा वाइफाइ प्रयोग गर्न सक्ने उहाँको भनाइ छ।

प्रारम्भिक चरणमा चोकलाई प्राथमिकता दिइएको भए पनि बिस्तारै सम्पूर्ण बैरेनी क्षेत्रलाई “Free WiFi Zone” बनाउने योजना रहेको नलाङ एकता टिमले जनाएको छ।

यसले बैरेनीलाई डिजिटल प्रविधितर्फ अघि बढाउने र गाउँलाई स्मार्ट बनाउन योगदान गर्ने विश्वास लिइएको छ ।

यस सेवाले दैनिक जीवन सहज हुने मात्र नभई विद्यार्थीलाई अध्ययनमा, व्यापारीलाई कारोबारमा तथा आगन्तुकलाई आवश्यक सूचना आदानप्रदानमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको स्थानीयले बताएका छन् ।

स्थानीय तहमा सामूहिक सहयोग र सहभागिताबाट यो अभियानलाई अझ सशक्त बनाउन सकिने भन्दै टिमले सबैलाई सहयोग गर्न आह्वान गरेको छ।

यस कार्यमा इच्छुक व्यक्तिहरूले आर्थिक वा प्राविधिक रूपमा योगदान दिन सक्ने राजु सिम्खडाले बताउनुभयो ।

सहयोग गर्न चाहनेहरूले नलाङ युनिटी टिमसँग सम्पर्क गर्न सक्ने बताइएको छ।

स्थानीयवासीले यस अभियानलाई स्वागत गर्दै यसले डिजिटल बैरेनी अभियानलाई बल पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१८ घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस