२०८२ आश्विन १६, बिहिबार

देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव

  • धादिङ आवाज
  • २०८२ आश्विन १६, बिहिबार
देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव

काठमाडौं । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाकी पहाडी भेगमा साधरणतया बदली रहि बाँकी तराई भेगमा आंशिक बदली रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। भोलिदेखि असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने र त्यसको प्रभावले नेपालमा वर्षा गराउने छ।

त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न र आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१८ घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस