
धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग दुइतर्फी बन्द भएको छ।
मुग्लिङ-मलेखु खण्ड अन्तरगत जवाङ खोला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २ः३० बजेतिर पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयो।
बन्द भएको सडक पहिरो हटाएर एकतर्फी सुरु गरिएको भएपनि पुन:पहिरो खस्दा राजमार्ग दुइतर्फी बन्द भएको छ ।
रातीको समयमा सवारी साधन रोकिएको कारण कुनै क्षति हुन पाएन ।
राजमार्ग क्षेत्रमा लगातार वर्षा भईरहेकोले पहिरो पन्छाउन समस्या परेको छ । राजमार्ग क्षेशत्रमा सवारी साधन रोकिएको छ।
filephoto
