२०८२ आश्विन २४, शुक्रबार

नेपालले ओमानलाई ६ विकेटले हरायो

  • धादिङ आवाज
  • २०८२ आश्विन १९, आईतबार
नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाण्डौ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ ।

हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा एक रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ओमानले नौ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । ओमानलाई हराउन सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।

आईसीसी टी–ट्वान्टी विश्वकपको एशिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा छ ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर ६ मा छनोट हुनेछ ।

सुपर ६ को शीर्ष तीन टिमले अर्को वर्ष हुने टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । तस्वीर : क्यान

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस