२०८२ कार्तिक ११, मंगलबार

१६ स्थान पहिरोको उच्च जोखिममा

  • धादिङ आवाज
  • २०८२ आश्विन १९, आईतबार
१६ स्थान पहिरोको उच्च जोखिममा

काठमाडौँ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा मुग्लिन सडकको धादिङ खण्डको १६ स्थान पहिरोको उच्च जोखिममा रहेको छ ।

धादिङ खण्डको १६ स्थान पहिरोको उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले पहिचान गरेको हो ।

देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका १६ स्थानहरूमा सडक माथिबाट पहिरो खस्ने र सडक भासिने उच्च जोखिम पहिचान गरेको हो ।

धादिङ र संघीय राजधानी काठमाडौँको सिमा क्षेत्रमा पर्ने धादिङस्थित धुनिबेसी नगरपालिकाको झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र) र सुरुङ मार्ग, थाक्रे गाउँपालिकाको चार किलोमा (बाटो भासिएको), चार किलो पेट्रोल पम्प लेदो बग्ने ठाउँ, सात किलो, गल्छी गाउँपालिकाको कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), गजुरी गाउँपालिकाको चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर र बेनीघाट रोराङ गाउँपालिकाको हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानहरूमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा कायम छ । सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका(१० जवाङखोलामा देखिएको छ ।

‘राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन, जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस यात्रामा ननिस्कनुहोस’ उहाँले भन्नुभयो । ‘छिनछिनमै रोकिने र खुलाउने क्रम चलिरहेको छ ।

पहिरोमा रोकिएका सवारी साधनलाई पहिरो पन्छाउदै गन्तव्यतर्फ पठाइएको छ । अहिले जाम वा अलपत्र अवस्थामा सवारी छैनन् । तर, राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन ।’

सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो । ‘आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ घण्टा अघि

छठ पर्व सम्पन्न

खोजी गर्नुहोस