काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दैछ ।
यो खेल ओमानमा बेलुका शुरू हुनेछ ।
यसअघि अस्ति भएको खेलमा नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।
टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।
समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।