२०८२ आश्विन २४, शुक्रबार

आजको सार्वजनिक बिदा खारेज

  • धादिङ आवाज
  • २०८२ आश्विन २०, सोमबार
आजको सार्वजनिक बिदा खारेज

काठमाडौँ । काठमाडौँ र ललितपुरमा सार्वजनिक बिदा खारेज गरिएको छ ।

दुवै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सबै सरकारी कार्यालय, निकाय र पालिकाहरूलाई सामान्य रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सरकारले शुक्रबार र शनिबारको अविरल वर्षालाई दृष्टिगत गर्दै दुई दिनका लागि सार्वजनिक बिदा घोषणा गरेको थियो । तर, परिस्थितिमा सुधार आएपछि विपद् व्यवस्थापन र प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सेवा पुनः सुरु गर्न गृह मन्त्रालयले हिजो निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार काठमाडौँ र ललितपुर प्रशासनले आजको बिदा रद्द गर्दै नियमित सेवा सञ्चालनमा ल्याएका हुन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस