धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा जारी “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल आज हुँदै छ ।
फाईनलमा आज बिहान ११ बजे नुवाकोटको दुप्चेश्वर गाउँपालिका र गोरखाको घले हार्वेस्टिङ भिड्ने छन् ।
सोमबार भएको पहिलो सेमिफाईनल खेलमा पन्चकन्या गाउँपालिका नुवाकोटलाई २-१ को सेटमा पराजित गर्दै घले हार्वेस्टिङ गोरखा फाईनल प्रवेश गरेको हो भने धादिङको सिद्धलेक गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै दुप्चेश्वर गाउँपालिका फाईनल प्रवेश गरेको हो ।
त्यस्तै तेस्रो स्थानको लागि आज बिहान ९ बजे पन्चकन्या गाउँपालिका नुवाकोट र धादिङको सिद्धलेक गाउँपालिका खेल्ने छन् ।
तमु युवा समाज सिद्धलेक-२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा १७ गतेदेखी सुरु भएको प्रतियोगितामा १४ टोली सहभागी थिए।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ ।
तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ।