२०८२ मंसिर २६, शुक्रबार

नेपाल र जापानको खेल आज

  • धादिङ आवाज
  • २०८२ आश्विन २४, शुक्रबार
नेपाल र जापानको खेल आज

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज जापानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार सवा ४ बजे शुरू हुनेछ ।

नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्।

बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्।

लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ।

आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो। अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ।

समूह बीमा दुवै टोलीको समान २-२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस