२०८२ आश्विन २८, मंगलबार

बोतल र जारको पानी बढी पैसामा बेचे कारबाही

  • धादिङ आवाज
  • २०८२ आश्विन २८, मंगलबार
बोतल र जारको पानी बढी पैसामा बेचे कारबाही

काठमाडौँ । बोतल र जारको पानी बढी पैसामा बेचे कारबाही हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको छ ।

विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी रु.१६ र उपत्यका बाहिर रु.२० निर्धारण गरेको छ।

यसैगरी २० लिटर जारको पानीको काठमाडौँ उपत्यकाका लागि रु. ४७ र उपत्यका बाहिरका लागि रु.६० निर्धारण गरिएको जनाएको छ।

यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बेच्दै आएका थिए।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस