काठमाण्डौ । नेपाल तेस्रो पटक आईसीसी टी(२० विश्वकपमा छनोट भएको छ ।
आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो ।
नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो ।
नेपालसँगै घरेलु टोली ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान दुवै टोली आफ्नो २ खेलअघि नै विश्वकपमा छनोट भएका हुन् । अब एउटा टोली छनोट हुन बाँकी छ ।
सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
तस्वीर : क्यान