२०८२ कार्तिक १, शनिबार

सिफारिस प्रणाली विकास कार्यशाला सम्पन्न

  • धादिङ आवाज
  • २०८२ कार्तिक १, शनिबार
सिफारिस प्रणाली विकास कार्यशाला सम्पन्न

धादिङ । लैङ्गिक हिंसाका पीडितहरूलाई न्यायसम्मत र प्रभावकारी सेवा पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित दुईदिने कार्यशाला धादिङबेसीमा सम्पन्न भएको छ।

प्रयास नेपालद्धारा आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील जीविकोपार्जन तथा खाद्य सुदृढीकरण परियोजना’ अन्तर्गत आयोजना गरिएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी, सुरक्षा निकाय, सरोकारवाला संस्थाका प्रतिनिधि तथा रिलिफ परियोजनाका कर्मचारीहरू गरी २२ जनाको सहभागिता रहेको प्रयास नेपाल, धादिङकी प्रशासन तथा लजिस्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।

प्रयास नेपाल, धादिङका सहसचिव कपिलदेव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यशालाको समापन सत्रमा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडा, खनियाबास गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सेकमान तामाङ, खनियाबास वडा नं.५ का अध्यक्ष रविन तामाङ, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल र परियोजना फिल्ड संयोजक सुरज खनाल लगायतको उपस्थिति रहेको पनि तामाङले जानकारी दिनु भयो ।

कार्यशालामा सहभागीहरूलाई घटना व्यवस्थापन, जोखिम मूल्यांकन, गोपनियता, सूचना साझेदारी, सिफारिस प्रणालीको अवधारणा र उपकरणहरू लगायतका विषयमा प्रशिक्षक नम्रता लामाले सहजिकरण गर्नुभएको प्रयास नेपालकी लैङ्गिक एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो ।

यसैगरी कार्यालामा सेवाका प्रकार र प्रमुख अवधारणाहरू,सिफारिस प्रणालीको संरचना र प्रक्रिया,जोखिम मूल्यांकन र त्यसका लाभ,स्वास्थ्य, कानूनी र मनोसामाजिक सेवा नक्शांकन,सिफारिस, सहमति र प्रवेश फारमको प्रयोग,सूचना गोपनीयता र साझेदारी नीति,समन्वय सुदृढीकरण र अनुगमन लगायतका बिषयमा सहजकर्ता नम्रता लामाले सहजिकरण गर्नुभएको थियो ।

कार्यशालाबाट तयार पारिएको कार्ययोजना भविष्यमा लागू गरिने खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले लैङ्गिक हिंसाका पीडितहरूका लागि प्रभावकारी सेवा प्रणाली निर्माण र कार्यान्वयनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

८ घण्टा अघि

तिहार आजदेखि शुरु

खोजी गर्नुहोस