२०८२ कार्तिक १, शनिबार

तिहार आजदेखि शुरु

  • धादिङ आवाज
  • २०८२ कार्तिक १, शनिबार
तिहार आजदेखि शुरु

काठमाण्डौ । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।

आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने र यमदीपदान पनि आजैदेखि शुरु हुने समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डा.देवमणि भट्टराईले जानकारी दिनुभयो ।

भोलि काग तिहार र धनवन्तरी जयन्ती परेको छ । तिथिको घटबढका कारण पर्सि सोमवार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।

कात्तिक ३ गते दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि तीन गते परेको छ। ४ गते मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

गाईगोरु एवम् गोवर्द्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ ।

कात्तिक ६ गते बिहीवार भाइटीका छ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।

नेवारी समुदायको किजापूजा पनि कात्तिक ६ गते गरिन्छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

८ घण्टा अघि

तिहार आजदेखि शुरु

खोजी गर्नुहोस