२०८२ कार्तिक २, आईतबार

यो सरकारले निर्वाचन गराउन सक्दैन : ज्ञवाली

  • धादिङ आवाज
  • २०८२ कार्तिक २, आईतबार
यो सरकारले निर्वाचन गराउन सक्दैन : ज्ञवाली

धादिङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले निर्वाचन विरोधी नभएको बताउनुभएको छ।

आइतबार नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नं. १ समन्वय कमिटीको आयोजनामा धादिङको गल्छीमा भएको कार्यकर्ता भेटघाट तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव ज्ञवालीले एमाले निर्वाचनसँग कहिल्यै पछि हट्ने वा डराउने पार्टी नभएको बताउनुभएको हो।

ज्ञवालीले वर्तमान अन्तरिम सरकारले निर्वाचन गराउन नसक्ने भन्दै अराजकता र असुरक्षाका कारणले अहिलेको सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट पार्नुभयो।

‘जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता भएका छैनन् । ठूलो सङ्ख्यामा कैदीहरु फरार छन्’ उहाँले भन्नुभयो- ‘अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सम्भव छैन।’

देशलाई स्थायित्व र लोकतान्त्रिक दिशामा लैजानका लागि छिटो भन्दा छिटो जनमतमा जानुको विकल्प नरहेको तर विडम्बना यो सरकारले निर्वाचन गराउन नसक्ने ज्ञवालीले बताउनुभयो।

उहाँले भन्नुभयो,’अहिले देश अन्योलतातिर धकेल्लिरहेको छ । यसको समाधान जनताको म्यान्डेटबाट मात्रै सम्भव छ।

एमाले जनताको शक्तिमा विश्वास गर्छ, संवैधानिक बाटोबाटै स्थायित्व ल्याउन खोज्छ।’

यसैगरी कार्यक्रममा आफ्नो भनाइ राख्दै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले धादिङमा नेकपा एमालेले कुनै पनि अराजकता हुन नदिने र जुनसुकै अराजकताको प्रतिबाद गर्ने बताउनुभयो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस