२०८२ कार्तिक ७, शुक्रबार

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ कार्तिक ७, शुक्रबार
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाण्डौ । सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हिजो बेलुका बाग्मती प्रदेश–०१–०३१–च–५९२५ नम्बरको जीप माप्यदूधकोशी गाउँपालिका–६ भिरकुनामा दुर्घटनामा भएको हो ।

मृत्यु हुनेमा महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र त्यहि ठाउँकी २० वर्षीया शान्ति राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् इन्सपेक्टर लोकबहादुर दियालीले जानकारी दिनुभयो ।

मृतक एक जना एक किशोरीको पहिचान नखुलेको इन्सपेक्टर दियालीले जानकारी दिनुभयो ।

दुर्घटनामा चालक श्रीध्वज राईसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । दुई जना उपचारपछि घर फर्किएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

५ घण्टा अघि

सकियो तिहार पर्व

खोजी गर्नुहोस