२०८२ कार्तिक १३, बिहिबार

कन्टेनर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

  • धादिङ आवाज
  • २०८२ कार्तिक १३, बिहिबार
कन्टेनर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडक खण्डमा कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार दिउँसो बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१-२३७४ नम्बरको कन्टेनर ट्रक एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको र ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस