२०८२ कार्तिक १४, शुक्रबार

देशका धेरै ठाउँमा निरन्तर झरी

  • धादिङ आवाज
  • २०८२ कार्तिक १४, शुक्रबार
देशका धेरै ठाउँमा निरन्तर झरी

काठमाण्डौ । बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभाव र पश्चिमी वायुका कारण पूर्व र मध्य क्षेत्रसँगै देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । पूर्वका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका एक,दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाउँमा भारी हिमपातको सम्भावना छ । आज हिजोको तुलनामा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुका साथमा अरब सागरमा विकसित प्रणालीको असरमा बङ्गालको खाडीका विकसित चक्रवात मोन्थाको प्रभाव समेत मिसिएकाले लगातार वर्षा भइरहेको मौसमविदले बताएका छन् । तस्बिर : मौसम पूर्वानुमान महाशाखा

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ हप्ता अघि

सकियो तिहार पर्व

खोजी गर्नुहोस