२०८२ कार्तिक १८, मंगलबार

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

  • धादिङ आवाज
  • २०८२ कार्तिक १७, सोमबार
दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ सातकिलामा सोमबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

काठमाडौँबाट महादेवबेसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको प्रहरीले जनाएको छ।

ठक्करपछि काठमाडौँबाट चितवनतर्फ ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको टायरमुनि परेर बा ७० प १६५१ नम्बर मोटरसाइकल चालक थाक्रे गाउँपालिका–६ का ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।

दुर्घटनामा अर्को मोटरसाइकल चालक गजुरी गाउँपालिका–१ निवासी ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन्।

उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

दुर्घटनापछि फरार रहेका ट्रक चालक बेनीघाट–रोराङ गाउँपालिका–५ निवासी ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनापछि स्थानीयहरुले केही समय सडक अवरुद्ध गरेका थिए ।

प्रहरीका अनुसार हाल अवरुद्व सडक खुलेपनि सवारी चाप रहको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस