
काठमाण्डौ । श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपको उपाधीको लागि आज नेपाल र कीर्गिस्तान खेल्दैछन् ।
खेल नेपाली समयअनुसार दिउँसो ४ बजे शुरु हुनेछ । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै कीर्गिस्तानले पनि श्रीलङ्कालाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो भने दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको थियो ।
यस्तै आजै तेश्रो स्थानका लागि दिउँसो २ बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।
