
धादिङ । गंगाजमुना गाउँपालिका–२ तावलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुक्रबार एक दिने मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।
वडा अध्यक्ष बलबहादुर तामाङको अध्यक्षतामा वडा कार्यालयमा भएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्यहरू, गंगा जमुना गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र कुमारी श्रेष्ठ, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, लैङ्गिक एसोसिएट शर्मिला गुरुङ, वडा कर्मचारी, कृषक समूहका सदस्य, शिक्षक तथा विद्यालय बाल क्लबका प्रतिनिधिहरूसहित विभिन्न क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा मनोपरामर्श, लैङ्गिक हिंसा, त्यसका असर र प्रभाव सम्बन्धी विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक र लैगिक एसोसियट शर्मिला गुरुङले सहजिकरण गर्नु भएको जेंण्डर च्याम्पियन सुस्मिता तामाङले जानकारी दिनुभयो ।
यसैगरी, बिहिबार वडा नं १ ताजिम्राङमा पनि मनोपरामर्शसम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा, वडा अध्यक्ष बहादुर तामाङ, प्रयास नेपाल धादिङको रिलिफ परियोजनाका फिल्ड संयोजक सुरज खनाल, गंगाजमुना गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र कुमारी श्रेष्ठ, बाल क्लबका प्रतिनिधि तथा कृषक समूहका सदस्यहरू सहभागी भएको जानकारी प्रयास नेपाल धादिङकी लैङ्गिक एसोसियट शर्मिला गुरुङले दिनुभयो।
कार्यक्रमका तस्विरहरु :

