२०८२ पौष १, मंगलबार

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ पौष १, मंगलबार
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार भैरहवा–परासी सडक खण्ड अन्तर्गत बिहान ६ बजेतिर परासीबाट भैरहवातर्फ गुडिरहेको मोटरसाइकल रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादव रहेका प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस