२०८२ पौष ११, शुक्रबार

फाइनलमा धादिङ टिम ‘ए’ र सिन्धुपाल्चोक खेल्ने

  • धादिङ आवाज
  • २०८२ पौष ११, शुक्रबार
फाइनलमा धादिङ टिम ‘ए’ र सिन्धुपाल्चोक खेल्ने

धादिङ । धादिङबेशीमा जारी ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियागिताको फाइनलमा धादिङ टिम ‘ए’ र सिन्धुपाल्चोक खेल्ने भएको छ ।

सदरमुकाम धादिङबेशी स्थित कभर्डहल परिसरको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा धादिङ टिम ‘ए’ ले रामेछापलाई ३-०को सोझो सेटमा पराजित गर्दै फाईनल पुगेको हो ।

धादिङ टिम ‘ए’ ले रामेछापलाई २५-११, २५-१३ र २५-१७ ले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सिन्धुपाल्चोकले नुवाकोटलाई ३-०को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गर्यो ।सिन्धुपाल्चोकले नुवाकोटलाई २५-१५, २५-१७ र २६-२४ ले पराजित गरेको थियो ।

फाईनल खेल भोलि शनिबार दिउँसो १ बजे हुने छ भने तेस्रो स्थानको लागि रामेछापले नुवाकोटसँग भोलि शनिबार बिहान ११ बजे खेल्नेछ ।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।

प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी थिए । जस्मा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस