२०८३ जेष्ठ २१, बिहिबार

लोक दोहोरी स्टारको फाइनलमा धादिङकी रितु कुमाल

  • धादिङ आवाज
  • २०८२ चैत्र १०, मंगलबार
लोक दोहोरी स्टारको फाइनलमा धादिङकी रितु कुमाल

धादिङ । राष्ट्रियस्तरको लोक दोहोरी गायन रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन-१’ अन्तिम चरणमा प्रवेश गरेको छ।

आगामी चैत १७ गते हुने यस सिजनको ग्रान्ड फिनालेमा उत्कृष्ट आठ प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्दैछन् ।ती मध्ये धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ की रितु कुमालले फाइनल यात्रा तय गर्न सफल हुनुभएको छ।

झण्डै एक दशकदेखि लोकदोहोरी गीत-संगीतमा सक्रिय रहँदै आउनुभएकी कुमाल यस सिजनकी बलिया प्रतिस्पर्धीका रूपमा स्थापित हुनुभएको छ।

निरन्तर उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जित्दै आउनुभएकी उहाँ अहिले उपाधि नजिक पुग्नुभएको छ।

कुमालले आफूलाई विजेता बनाउन दर्शकसँग भोटको आग्रह गर्नुभएको छ।

अनलाइन प्लेटफर्म www.Aventoz.com मा गएर आठौं नम्बरमा रहेको आफ्नो नाममा भोट गर्न सकिने उहाँले बताउनुभयो। साथै क्यूआर, इसेवा तथा मोबाइल बैंकिङमार्फत पनि भोट गर्न सकिने व्यवस्था गरिएको छ।

उहाँले भन्नुभयो, “यहाँसम्म पुग्नुमा दर्शकको साथ नै मुख्य हो। अब अन्तिम चरणमा पनि साथ दिनुभयो भने जित सुनिश्चित हुन्छ। मेरो जित भनेको धादिङ र सम्पूर्ण समर्थकको जित हुनेछ।”

एभेन्टोज डिजिटलद्वारा सञ्चालित यस रियालिटी शोको फाइनल प्रतिस्पर्धामा धादिङकी रितुसँगै अमृत जर्घा मगर, स्याङ्जाका लिलबहादुर थापा मगर, दोलखाका निशा लामा र दीपक थापा मगर, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल तथा कास्कीका अनिल चापागाईं उपाधिका लागि प्रतिस्पर्धामा रहेका छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस