२०८३ जेष्ठ २१, बिहिबार

एमालेले आज देशभरका सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

  • धादिङ आवाज
  • २०८२ चैत्र १५, आईतबार
एमालेले आज देशभरका सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

काठमाडौंः नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ।

नेकपा एमालेका सचिव महेश बस्नेतकाअनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको हो।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार बिहान पक्राउ परेका थिए।

लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको निर्णयअनुसार एमाले कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिँदा शनिबार दिनभर काठमाडौंको माइतीघर–बिजुलीबजार सडकखण्ड तनावग्रस्त भएको थियो।

एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस