२०८३ जेष्ठ २१, बिहिबार

मुग्लिङ–मलेखु सडक खण्ड आजदेखि राति ३ दिन बन्द हुने

  • धादिङ आवाज
  • २०८२ चैत्र १७, मंगलबार
मुग्लिङ–मलेखु सडक खण्ड आजदेखि राति ३ दिन बन्द हुने

काठमाण्डौ । आजदेखि मुग्लिङ-मलेखु सडक खण्ड रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन यस सडकखण्ड रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो ।

मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड) का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् ।

यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस