
काठमाडौं। धादिङका गायक प्रदिप बराईली र चर्चित गायिका शान्तारानी परियारको को स्वरमा नयाँ लोकदोहोरी गीत ‘पाईन देशमा काम’ सार्वजनिक भएको छ।
सागर बिसीको शब्द तथा प्रदिप बराईलीले संगीत भर्नुभएको गीतमा नेपाली युवाहरु बिदेशिनु पर्ने पीडा र बाध्यताको यथार्थपरक कथा,बिषय बस्तुलाई समेटिएको छ।
प्रकाश कंडेलको निर्देशन र ओम प्रकाश अवस्थी (ईश्वर) को छायांकन तथा सम्पादनमा तयार भएको भिडियोमा सुवास नेपाली र सरस्वती गुरुङको अभिनय रहेको छ।
गितको व्यवस्थापन कृष्ण केसी, मिक्समास्टर बिनोद परियार, रेकर्डिस्ट रमेश खड्का रहनुभएको छ भने पृष्ठभूमि भोकल ज्ञानु परियार, रुपी सिंजाली मगर, हेमराज गौतम र इन्द्र केसीको रहेको छ ।
निर्माता सरला विश्वकर्माको तयार भएको गीतलाई प्रदिप बराईलीको अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
