२०८२ अषाढ १७, मंगलबार

नागढुङ्गा सुरुङमार्गको काम रोकियो

  • धादिङ आवाज
  • २०८१ फागुन १९, सोमबार
नागढुङ्गा सुरुङमार्गको काम रोकियो

धादिङ। धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ।गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो ।

सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले बताउनुभयो ।

उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ। स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेको पन्थीले बताउनुभयो ।

पन्थीका अनुसार ठेकेदार पक्ष जापानीज कम्पनीले कुरा स्वीकार गरिरहेको छैन।सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत सम्पन्न भएको पन्थीले बताउनुभयो ।

हाल अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ।आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् ।

अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८६ प्रतिशत हाराहारी देखिन्छ । त्यस्तै, मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।

जापान सरकारको सहयोगमा भएको नागढुंगा सुरुङमार्गको डिजाइन करबाहेक साढे १३ अर्ब रुपैयाँमा ठेक्का लागेको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाईओभर बनाइएको छ ।

गुर्जुधाराको फ्लाईओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस