२०८२ अषाढ २, सोमबार

नेपालसँग कुवेत ६ विकेटले पराजित

  • धादिङ आवाज
  • २०८१ चैत्र २८, बिहिबार
नेपालसँग कुवेत ६ विकेटले पराजित

|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाण्डौ। टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ।हङकङमा जारी श्रृङ्खला अन्तरगत नेपालको यो लगातार दोस्रो जीत हो।

आज बिहान भएको खेलमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए ।

आसिफ शेखले ५३ रन जोडे । हङकङका यासिन पटेलले दुई विकेट लिए ।त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसारले ३५ रन जोडे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।

नेपालले पहिलो खेलमा हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो ।

योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्‍याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ।filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१४ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस