२०८२ बैशाख २१, आईतबार

बागमती प्रदेशमा अब लाइसेन्सको लागि आवेदन दिन र नवीकरण गर्न अनलाइनबाटै सकिने

  • धादिङ आवाज
  • २०८२ बैशाख २०, शनिबार
बागमती प्रदेशमा अब लाइसेन्सको लागि आवेदन दिन र नवीकरण गर्न अनलाइनबाटै सकिने

काठमाण्डौ । बागमती प्रदेश मा अब नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा लिन अनलाइनबाटै सकिने भएको छ ।

प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र र ब्लू बुकसम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने काम शुरू गरेसँगै अब सेवाग्राहीले अनलाइनबाटै सेवा लिन सक्नेछन् ।

बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले edl.bagamati.gov.np नामको वेबसाइटबाट यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस्तै, ब्लू बुक क्यूआर प्रणालीमार्फत गाडीको विवरण जाँच, ब्लू बुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।

यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लू बुक देखाउन सक्नेछन् ।

ब्लू बुकमै समावेश गरिएको क्यूआर कोड स्क्यान गरेर गाडीको विवरण सजिलै हेर्न सकिन्छ ।इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली र ब्लू बुक क्यूआर प्रणालीमार्फत अनलाइन सेवा शुरू गरिएको मन्त्रालयले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस