काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी धोबीचौरबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले धोबीचौर बस्ने धादिङका ४२ वर्षीय राजु थापालाई डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित शनिबार बेलुकी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।