हलगोरु पाल्ने किसानलाई बाग्लुङको काठेखोला गाउँपालिकाले पोषणभत्ता वितरण गरेको छ ।
‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजारका रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो ।
अध्यक्ष राजु थापाका अनुसार परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सोझै किसानको हातमा पुर्याइएको हो।
हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि गाउँपालिकाले यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएको हो।