२०८२ बैशाख २६, शुक्रबार

ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

  • धादिङ आवाज
  • २०८२ बैशाख २५, बिहिबार
ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

काठमाडौं । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले धादिङका दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती र काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ कै २४ वर्षीय रूपेश ढकाल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुर्खेती र ढकालले जर्मनी पठाउने भन्दै दुई जना पीडितसँग ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस