२०८२ बैशाख २६, शुक्रबार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा धादिङका रोजन पक्राउ

  • धादिङ आवाज
  • २०८२ बैशाख २५, बिहिबार
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा धादिङका रोजन पक्राउ

धादिङ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-२ घर भएका २४ वर्षीय रोजन भुजेल रहेका प्रहरीले जनाएको छ ।

उनलाई वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र २ जना युवतीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोमबार साँझ नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस