काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ ।खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे भारतको गोल्डेन जुब्ली रङ्गशालामा शुरू हुनेछ ।
समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
आजको विजेता टोली समूह विजेता बन्नेछ ।अस्ति भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८ गोलले हराएको थियो ।
नेपाल र भारतसँग पराजित श्रीलङ्का बाहिरिएको छ ।च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन्। समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।