काठमाण्डौ । जेठ २ गतेदेखि हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाण्डौ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरका अनुसार उक्त सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले १९ दिनका लागि गाडीको आवागमन बन्द हुने भएको हो।
बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।
सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाण्डौ वा काठमाण्डौ–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक को प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको छ।