काठमाण्डौ – नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोदेखि देशका धेरै ठाउँमा वर्षा शुरू भएको छ । केही ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भएको छ । यो क्रम अब झन्डै दुई हप्तासम्म रहने मौसमविद्ले बताएका छन् ।
यो वर्षाले मनसुन जोड्ने सम्भावना पनि रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो । अहिले प्रि–मनसुनकै अवस्था छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।