काठमाण्डौ । हावाहुरीले रुढ ढल्दा च्यापिएरपश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार चारपालाको भित्री सडक खण्डमा हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा च्यापिएर सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको हो ।
घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।