२०८२ अषाढ १, आईतबार

नेपालले आज यूएईसँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ५, सोमबार
नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तरगत नेपाललेआज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।

एशियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो।खेल बिहान पौने ९ बजेदेखी थाइल्यान्डमा शुरु हुनेछ ।

ट्रेड थाइ क्रिकेट मैदान ब‌ैँककमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ।

यो खेलमा जितेमा नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

आयोजक थाइल्यान्ड भने सुपर–३ को एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’ को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टोली हुन् ।प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ ।

यो प्रतियोगितामा सहभागी तीन टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

५ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस