२०८२ अषाढ १, आईतबार

महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र थाइल्यान्ड खेल्दै

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ६, मंगलबार
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र थाइल्यान्ड खेल्दै

काठमाण्डौ । महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।

खेल बिहान पौने ९ बजे देखी थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदान बैंककमा शुरु हुने छ ।

प्रतियोगितामा नेपालको आज अन्तिम खेल हो । यो खेल जितेमा नेपाल एशिया छनोटको विजेता नै बन्नेछ ।

यसअघि हिजो भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगिसकेको छ ।नेपालको महिला टोली इतिहास रच्न सफल भएको छ ।

अब नेपाल र थाइल्यान्डले एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोट खेल्नेछन् ।विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष चार टोलीले इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् ।

यसअघि नेपाल र थाइल्यान्डबीच एशिया कपमा ६ पटक भेट भएकोमा थाइल्यान्डले ६ वटै जितेको छ । filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

६ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस