२०८२ अषाढ १, आईतबार

१४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड नीलकण्ठले जित्यो

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ६, मंगलबार
१४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड नीलकण्ठले जित्यो

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा सदरमुकाम धादिङबेशीमा सम्पन्न १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कांस्य पदकसहित कुल ३८ पदक जित्दै उपाधि जितेको हो ।

नीलकण्ठको यो लगातार तेस्रो जित हो । यसअघि २०७९ को १२ औं राष्ट्रपति रनिङ शिल्ड र १३ औं राष्ट्रपति रनिङ शिल्ड २०८० पनि नीलकण्ठ नगरपालिकाले जितेको थियो ।

३ गते शनिबारदेखी सुरु भई ५ गते सोमबार सम्पन्न भएको १४ औं रनिङ शिल्डको उपाधिसँगै नीलकण्ठले नगद १५ हजार रुपैयाँ हात पारेको छ ।

यस प्रतियोगितामा थाक्रे गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ । थाक्रेले ८ स्वर्ण, ११ रजत र ८ कास्य पदक गरी कुल २७ पदक प्राप्त ग¥यो । दोस्रो भएको थाक्रेले १० हजार पाएको छ ।

५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदकसहित रुवीभ्याली गाउँपालिका तेस्रो भयो । रुवीभ्यालीले ५ हजार पाएको छ ।

५ स्वर्ण, २ रजत र ४ कास्यसहित ज्वालामुखी गाउँपालिका चौथो भएको छ ।प्रतियोगितामा ४ स्वर्ण, १२ रजत र १४ कास्यसहित गजुरी गाउँपालिका पाँचौ, ४ स्वर्ण, ९ रजत र ५ कास्यसहित सिद्धलेक गाउँपालिका छैटौ, ३ स्वर्ण, १ रजत र ४ कास्यसहित त्रिपुरासुन्दरी गाउँपालिका सातौँ भएको छ ।

त्यस्तै २ स्वर्ण, ५ रजत र ७ कास्य प्राप्त गर्दै गल्छी गाउँपालिका आठौँ, १ स्वर्ण र १ कास्य प्राप्त गर्दै नेत्रावती डवजोङ गाउँपालिका नवौँ स्थान हासिल गर्यो भने धुनिबेशी नगरपालिकाले ३ रजत र १४ कास्य र खनियाबास गाउँपालिकाले १ रजत र १ कास्य प्राप्त गर्यो ।

प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको भलिबल, कबड्डी, कँराते, तेक्वान्दो, उसु, एथ्लेटिक्स फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू भएको थियो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षता भएको समापन कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवम नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

बिजेता खेलाडी तथा पालिकाहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख ढुंगानाले जिल्लाको खेल क्षेत्र विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ । ढुंगानाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको र खेल र खेलाडीहरूको विकासका लागि प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल र खेलाडीतर्फ सरकारले लगानी बढाउँदै जानुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकाले पनि उनीहरुलाई प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष तामाङले जिल्ला खेलकुद विकास समिति र आफ्नो तर्फबाट खेल र खेलाडीको विकासका लागि सक्दो प्रयास गरेको भन्दै आगमी दिनमा पनि खेल क्षेत्रकालागि लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा १३ वटा पालिका मध्ये बेनिघाट रोराङ र गंगाजमुना गाउँपालिकाबाट कुनै खेलाडी सहभागी भएनन् ।

प्रतियोगितामा ११ वटा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका ८ सय भन्दा बढि छात्र/छात्राहरुले भाग लिएका थिए ।

जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिने खेलकुद विकास समितिका अध्यक्ष तामाङले बताउनुभयो।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ जेठ १७ देखि १९ गतेसम्म दोलखाको चरिकोटमा सञ्चालन गर्ने भएको छ।

प्रदेशले जेठ १० गतेभित्र जिल्ला छनौट गरि ईभेन्ट्स सहितको खेलाडी नामावली, सम्बन्धित जिविसको पत्र र खेलाडी दर्ता फारम सहित परिषद्मा उपलब्ध गराईदिन अनुरोध गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

४ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस