२०८२ अषाढ ३, मंगलबार

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ७, बुधबार
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

धादिङ । धादिङ जिल्लाको पहिलो आदर्श हाइस्कुलका संस्थापक प्रधानाध्यापकको नाममा स्थापित ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधार्णसभाले डा.सदानन्द कँडेलको अध्यक्षतामा ११ सदसिय कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा महेन्द्र कुमार शर्मा पाठक, महासचिवमा कृष्णराज सिलवाल, सचिवमा भवानी कुमारी उप्रेती, कोषाध्यक्षमा शिव प्रसाद अधिकारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा रामशरण त्रिपाठी, अर्जुनकुमार श्रेष्ठ, सरस्वती शर्मा, देवकी तिमल्सिना, राजकुमार खरेल र लक्ष्मी गिरीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार प्रा.घनश्याम कँडेलको प्रमुख आतिथ्यमा भएको साधारणसभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले गर्नुभएको थियो ।

त्रिविका सेवानिवृत्त प्राध्यापक तथा ४० वटा पुस्तकका लेखक प्रा.डा.रामचन्द्र लम्साल, लेखक तथा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानका उपाध्यक्ष प्रा.लालानाथ सुवेदी, धादिङ जिल्लाको पहिलो हाईस्कुल आदर्श हाईस्कूलका संस्थापक प्रधानाध्यापक तथा पूर्वराज्यमन्त्री ठाकुरप्रसाद शर्मा, धादिङका पूर्व जिल्ला शिक्षा अधिकारी तथा नेपाल सरकारका पूर्व सहसचिव प्रेमप्रसाद सुवेदी, आदर्श हाईस्कूलका संस्थापक शिक्षक तथा सहायक प्रधानाध्यापक सुमनदास श्रेष्ठ,संस्थापक शिक्षक तथा नेपाल सरकारका पूर्वउपसचिव टीकाबहादुर उप्रेती, धादिङ जिल्लामा पढेर एसएलसी पास गर्ने पहिलो विद्यार्थी-२०२६ राजेन्द्रप्रसाद पाण्डे, धादिङ जिल्लाबाट एसएलसी पास गर्ने प्रथम छात्रा तथा साहित्यकार रुकु कार्की, महाकाली माविका पूर्व प्रधानाध्यापक जगन्नाथ तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठानले आदर्श गुरु शिक्षासेवी अभिनन्दन ग्रन्थू प्रकाशित गर्ने भएको छ । ग्रन्थमा डा.सदानन्द कडेलले सम्पादन गर्ने गरि ठाकुरप्रसाद शर्मा लगायतको जिवनी, आदर्श हाइस्कुलको ईतिहास, दस्तावेज, तस्वीर संकलन गर्न जिम्मेवारी समेत तोकेको छ।

यस्तै ठाकुरप्रसाद शर्मा अक्षयकोषमा ३४ लाख ८५ हजार संकलन भएको छ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गुरुपूर्णिमा पौष ५ गते स्कुल स्थापनाको दिन वर्षमा २ पटक पुरस्कार वितरण गर्ने जनाएको छ ।

प्रतिष्ठानले ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार, आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, उत्कृष्ट छात्रा पुरस्कार, उत्कृष्ट छात्र पुरस्कार, दुर्गा रिमाल साहित्य पुरस्कार, टंकप्रसाद खतिवडा समाजसेवी पुरस्कार विरण गरिने अध्यक्ष कँडेलले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस