२०८२ अषाढ २, सोमबार

पुलबाट जीप खस्दा तीन जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ११, आईतबार
पुलबाट जीप खस्दा तीन जनाको मृत्यु

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको पाँच जना सवार जीप गएराति १२ बजे मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको हो।

दुर्घटनामा मृत्यु हुनेमा तनहुँ व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर,सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस