जापान। धादिङ समाज जापानको नागोया क्षेत्रीय समितिको संयोजकमा सन्तोष भुजेल चयन हुनुभएको छ ।
शनिबार नागोयामा सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको सहसंयोजकहरूमा रमेश कुमार श्रेष्ठ र अमृत कँडेल,सचिवमा राजकुमार गुरुङ,सहसचिवमा सुजना श्रेष्ठ, कोषाध्यक्षमा विशाल खतिवडा, सहकोषाध्यक्षमा कुशल ठकुरी चयन हुनुभएको छ ।
त्यस्तै नवगठित कार्यसमितिको सदस्यहरूमा राजु श्रेष्ठ, प्रकाश मगर, राजेन्द्र कार्की, विजय विष्ट, सुमन विष्ट, विज्ञान तामाङ चयन हुनुभएको छ ।
प्रमिला तिमल्सिना सिग्देलको अध्यक्षतामा भएको अधिवेशनमा धादिङ समाज जापान केन्द्रीय समितिका अध्यक्ष बिमल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
त्यसैगरि विशेष अतिथिहरुमा धादिङ समाज जापान केन्द्रका संरक्षक राजकुमार अधिकारी, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक दीपक कार्की तथा समाजसेवी तथा तोकाई बाटिका इन्टरनेसनल स्कुलका अध्यक्ष डा.सुदीप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।